चार्ट बनाउने
सानो तालिकालाई बार, लाइन वा पाई चार्ट बनाउनुहोस्।
औजार खुल्दैछ…
यो औजारबारे
Type your data into the grid: column names in the first row, labels in the first column and numbers in the rest. You can also upload a CSV file or the first sheet of an Excel .xlsx file, and the grid is filled for you to check and edit. Numbers may use commas, Devanagari digits, a currency prefix or a percent sign. The chart shows only the values you supplied: an empty or non-numeric cell is reported with its row and column instead of being drawn as zero. Bar and line charts take up to eight series and 200 rows; a pie chart uses the first series and needs values of zero or more. Add a title, axis labels and a legend, then download a PNG for documents and slides or an SVG that stays sharp at any size. Old .xls files, formulas without saved results and multiple sheets are not supported.
ग्रिडमा डाटा लेख्नुहोस्: पहिलो पङ्क्तिमा स्तम्भका नाम, पहिलो स्तम्भमा लेबल र बाँकीमा अङ्क। CSV फाइल वा Excel .xlsx को पहिलो सिट पनि अपलोड गर्न सकिन्छ; ग्रिड भरिन्छ र जाँचेर सम्पादन गर्न मिल्छ। अङ्कमा अल्पविराम, देवनागरी अङ्क, मुद्रा चिह्न वा प्रतिशत चिह्न चल्छ। चार्टले तपाईंले दिएका मान मात्र देखाउँछ: खाली वा अङ्क नभएको कोठालाई शून्य मानेर कोरिँदैन, पङ्क्ति र स्तम्भसहित त्रुटि देखाइन्छ। बार र लाइन चार्टमा आठ शृङ्खला र २०० पङ्क्तिसम्म चल्छ; पाई चार्टले पहिलो शृङ्खला लिन्छ र मान शून्य वा बढी हुनुपर्छ। शीर्षक, अक्षका लेबल र लेजेन्ड थपेर कागजात र स्लाइडका लागि PNG वा जुनसुकै साइजमा प्रस्ट रहने SVG डाउनलोड गर्नुहोस्। पुरानो .xls, नतिजा सेभ नभएका सूत्र र धेरै सिट चल्दैनन्।
सामान्य प्रश्न
Which chart types can I make?
Bar charts (grouped when there are several series), line charts and pie charts. Bar and line charts accept up to eight series and 200 rows. A pie chart uses the first series only.
कुन-कुन चार्ट बनाउन मिल्छ?
बार चार्ट (धेरै शृङ्खला भए समूहमा), लाइन चार्ट र पाई चार्ट। बार र लाइन चार्टमा आठ शृङ्खला र २०० पङ्क्तिसम्म चल्छ। पाई चार्टले पहिलो शृङ्खला मात्र लिन्छ।
How should my CSV or Excel file be laid out?
Put column names in the first row, labels in the first column and numbers in the other columns. CSV files may use commas, semicolons or tabs. For Excel, save as .xlsx; the first sheet is read. If a cell is empty or is not a number, the tool tells you the row and column.
CSV वा Excel फाइल कस्तो हुनुपर्छ?
पहिलो पङ्क्तिमा स्तम्भका नाम, पहिलो स्तम्भमा लेबल र अरू स्तम्भमा अङ्क राख्नुहोस्। CSV मा अल्पविराम, अर्धविराम वा ट्याब चल्छ। Excel लाई .xlsx मा सेभ गर्नुहोस्; पहिलो सिट पढिन्छ। कुनै कोठा खाली वा अङ्क नभए औजारले पङ्क्ति र स्तम्भ बताउँछ।
Can I use Nepali labels and Nepali digits?
Yes. Titles, labels and series names can be in Devanagari, and numbers typed with Devanagari digits are read as numbers. PNG downloads include the Devanagari font so they look the same on every device.
नेपाली लेबल र नेपाली अङ्क चल्छ?
चल्छ। शीर्षक, लेबल र शृङ्खलाका नाम देवनागरीमा लेख्न सकिन्छ, र देवनागरी अङ्कमा लेखिएका सङ्ख्या अङ्ककै रूपमा पढिन्छन्। PNG डाउनलोडमा देवनागरी फन्ट समावेश हुन्छ, त्यसैले हरेक डिभाइसमा उस्तै देखिन्छ।
PNG or SVG — which should I download?
Use PNG for Word, PowerPoint, Facebook and messaging apps; it is 1600 × 960 pixels. Use SVG for print and design work, because it stays sharp at any size and its text can still be edited. SVG uses the fonts on the device that opens it.
PNG कि SVG — कुन डाउनलोड गर्ने?
Word, PowerPoint, Facebook र म्यासेजिङ एपका लागि PNG लिनुहोस्; यो १६०० × ९६० पिक्सेलको हुन्छ। प्रिन्ट र डिजाइनका लागि SVG लिनुहोस्, किनभने यो जुनसुकै साइजमा प्रस्ट रहन्छ र अक्षर सम्पादन गर्न मिल्छ। SVG ले खोल्ने डिभाइसकै फन्ट प्रयोग गर्छ।
Is my data uploaded?
No. Files are read and the chart is drawn in this browser. Nothing you type or upload is sent to a server.
मेरो डाटा अपलोड हुन्छ?
हुँदैन। फाइल यही ब्राउजरमा पढिन्छ र चार्ट यहीँ बन्छ। तपाईंले लेखेको वा अपलोड गरेको केही पनि सर्भरमा पठाइँदैन।