मुख्य भागमा जानुहोस्

नेपाली ओसीआर — तस्बिरबाट अक्षर

नेपाली वा अंग्रेजी अक्षरको फोटो वा स्क्यान पीडीएफलाई सम्पादन गर्न मिल्ने अक्षर बनाउनुहोस्।

औजार खुल्दैछ…

यो औजारबारे

Choose one or more images, or a single PDF, and pick the language: Nepali + English for mixed documents, or one language alone for slightly better results on single-language text. Each image or PDF page is read in turn and its text appears in an editable box, with the engine's own confidence score for that page. The tool uses the open-source Tesseract engine with its Nepali and English models, loaded from this site the first time you run it (about 5.5 to 8.4 MB) and kept by the browser afterwards. It reads clear, straight, printed text well. It is not reliable for handwriting, stamps and seals, tables, very small or blurred text, or decorative fonts, and it can confuse similar Devanagari letters, conjuncts and matras. Treat the output as a first draft and check names, numbers and dates against the original. Up to 30 images or pages are read per run.

एक वा बढी तस्बिर, वा एउटा पीडीएफ छानेर भाषा रोज्नुहोस्: मिश्रित कागजातका लागि नेपाली + अंग्रेजी, वा एउटै भाषाको अक्षरमा अलि राम्रो नतिजाका लागि एक भाषा मात्र। हरेक तस्बिर वा पीडीएफ पृष्ठ पालैपालो पढिन्छ र अक्षर सम्पादन गर्न मिल्ने बाकसमा आउँछ, त्यस पृष्ठका लागि इन्जिनको आफ्नै विश्वास अङ्कसहित। यो औजारले खुला स्रोतको Tesseract इन्जिन र त्यसका नेपाली तथा अंग्रेजी मोडेल प्रयोग गर्छ; पहिलो पटक चलाउँदा यही साइटबाट लोड हुन्छ (करिब ५.५ देखि ८.४ एमबी) र त्यसपछि ब्राउजरमै रहन्छ। प्रस्ट, सीधा, छापिएको अक्षर राम्रोसँग पढिन्छ। हस्तलेखन, छाप, तालिका, धेरै सानो वा धमिलो अक्षर र सजावटी फन्टमा भर पर्न मिल्दैन; उस्तै देखिने देवनागरी अक्षर, संयुक्ताक्षर र मात्रा पनि झुक्किन सक्छन्। नतिजालाई पहिलो मस्यौदा मान्नुहोस् र नाम, अङ्क तथा मिति मूलसँग दाँज्नुहोस्। एक पटकमा ३० तस्बिर वा पृष्ठसम्म पढिन्छ।

सामान्य प्रश्न

How accurate is the Nepali OCR?

It depends on the scan. Clear, straight, printed Nepali at a normal size is read well, though some conjuncts and matras can still be wrong. Handwriting, stamps, tables, blurred or very small text and decorative fonts are often misread. Each page shows the engine's confidence score; always compare the result with the original.

नेपाली ओसीआर कति शुद्ध छ?

स्क्यानमा भर पर्छ। सामान्य साइजको प्रस्ट, सीधा, छापिएको नेपाली राम्रोसँग पढिन्छ, तर केही संयुक्ताक्षर र मात्रा अझै बिग्रन सक्छन्। हस्तलेखन, छाप, तालिका, धमिलो वा धेरै सानो अक्षर र सजावटी फन्ट प्रायः गलत पढिन्छन्। हरेक पृष्ठमा इन्जिनको विश्वास अङ्क देखिन्छ; नतिजा सधैँ मूलसँग दाँज्नुहोस्।

Can it read a document that mixes Nepali and English?

Yes. Keep the language on "Nepali + English". If the document is in one language only, choosing that language alone usually gives slightly better results and a smaller first download.

नेपाली र अंग्रेजी मिसिएको कागजात पढ्छ?

पढ्छ। भाषा "नेपाली + अंग्रेजी" मै राख्नुहोस्। कागजात एउटै भाषामा भए त्यही भाषा मात्र रोज्दा नतिजा अलि राम्रो हुन्छ र पहिलो डाउनलोड सानो हुन्छ।

Does it work on scanned PDFs?

Yes. Each PDF page is turned into an image in your browser and then read, up to 30 pages per run. If the PDF already contains selectable text, PDF Text Extract is faster and exact.

स्क्यान गरिएको पीडीएफमा चल्छ?

चल्छ। पीडीएफको हरेक पृष्ठ ब्राउजरमै तस्बिर बनाएर पढिन्छ, एक पटकमा ३० पृष्ठसम्म। पीडीएफमा पहिल्यै छान्न मिल्ने अक्षर छ भने "अक्षर निकाल्ने" औजार छिटो र ठ्याक्कै हुन्छ।

Are my documents uploaded?

No. Recognition runs in this browser. The only download is the OCR engine and language data, fetched from this site the first time (about 5.5 to 8.4 MB) and reused afterwards.

मेरा कागजात अपलोड हुन्छन्?

हुँदैनन्। चिनाइ यही ब्राउजरमा हुन्छ। डाउनलोड हुने भनेको ओसीआर इन्जिन र भाषा डाटा मात्र हो, जुन पहिलो पटक यही साइटबाट आउँछ (करिब ५.५ देखि ८.४ एमबी) र पछि फेरि प्रयोग हुन्छ।

How can I get a better result?

Photograph the page flat, straight and in even light, fill the frame with the text, and avoid shadows. Crop away everything that is not text. A scan at around 200 to 300 DPI works better than a small screenshot.

राम्रो नतिजा कसरी पाउने?

पृष्ठलाई समतल, सीधा र एकनास उज्यालोमा खिच्नुहोस्, फ्रेमभरि अक्षर पार्नुहोस् र छाया नपार्नुहोस्। अक्षरबाहेकको भाग काट्नुहोस्। सानो स्क्रिनसटभन्दा करिब २०० देखि ३०० डीपीआईको स्क्यान राम्रो हुन्छ।